जसपा: अध्यक्ष ठाकुरले पठाए थप गरिएका २० कार्यकारिणी सदस्यको विवरण (हेर्नुस् नामावली)

काठमाडौं।जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुरले एक पक्षीय रुपमा २० जना कार्यकारिणी समिति सदस्य थप गरेर निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै पत्र पठाएका छन्।

५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले बहुमत पुर्याउन २० जनाको नाम थप गरेर आइतबार आयोगमा पत्र पठाएका हुन्।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ठाकुरले गत पुस ७ गते आफूलाई पहिलो वरियताको अध्यक्ष बनाइएको भन्दै आफ्नो अधिकार प्रयोग गरेको जिकिर गरेका छन्।
ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको दाबी नपुग्ने जिकिर ठाकुरको छ।
केपी ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै विभाजनको अवस्थामा पुगेपछि जसपा नाम लिन ठाकुरले आयोगमा बहुमत सदस्यको नाम पठाएका हुन्।
उनले थप गरेका कार्यकारिणी सदस्यमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शरदजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा। विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा।सुरेन्द्र झा छन्।
यस अघि आधिकारिकता माग गर्दै उपेन्द्र यादव भौतिकरुपमा वहुमत ३० कार्यकारिणी सदस्यसहित निर्वाचन आयोग पुगेका थिए।
यादव पक्षको दाबीपछि आयोगले ठाकुर पक्षलाई त्यसको जवाफ दिन पत्राचार गरेको थियो।
बहुमत सदस्य आफूसँग रहेको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवले जसपा नाम आफूले पाउनुपर्ने माग गर्दै आयोगमा यसअघि नै विवरण बुझाइसकेका छन्।

