हिमालयन संस्कृति केन्द्र बेल्जियमको आर्थिक सहयोगमा ७० परिवारलाई राहत

लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु । कोरोना भाईरसको दोश्रो लहरका कारण समस्यामा परेका विभिन्न जिल्लाका ७० परिवार लाई राहत बितरण गरिएको छ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका १ बुक्सामा रहेको सन्डुप लजका प्रोपाइटर पेम्बाजाङ्बु शेर्पा र श्रीमती आङ छोटी शेर्पाको समन्वय मा हिमालयन संस्कृति केन्द्र बेल्जियमको आर्थिक सहयोगमा सोलुखुम्बु,ओखल्ढुङ्गा, खोटाङ, रामेछाप, सिन्धुली र ताप्लेजुङबाट काठमाडौं आएर बसोबास गरिरहेका ७० परिवारलाई एक बोराका दरले चामल राहत वितरण गरिएको हो । काठमाडौंको बौद्ध वरपर रहेका वेवारिसे र रोजगारी गुमाएकाहरु समेत गरि १०८ बढी ब्यक्तिलाई खाना ख्वाईएको शेर्पाले बताए।

राहतका लागि बेल्जियममा बसोबास गर्दै आएका ल्हाक्पा शेर्पा, फुर्वा शेर्पा ,गोम्बा शेर्पा ,कन्छा शेर्पा, ओङ्गेल लामा शेर्पा, के डोमा शेर्पा, जेबि शेर्पा,येङ्डी शेर्पा, ल्हाक्पा लामा शेर्पा,रिन्जी पासाङ शेर्पा, मिङ्मार लामा शेर्पाले आर्थिक सहयोग गरेको बताईएको छ।
यसैगरी आर्थिक सहयोग गर्नेहरुमा पेम्बा दोर्जी शेर्पा ,कन्डी लामा, लामा पासाङ शेर्पा,पेम्बा गेल्बु शेर्पा,आङ नुर्बु ,डोना शेर्पा,मिङमार छिरिङ लामा,येङ्डी लामा शेर्पा,फुजियामा सुसि, आङ बाबू शेर्पा,ल्हाक्पा शेर्पा बेल्जियम,पेम्बा छिरिङ शेर्पा,आङ दावा जाङ्मु शेर्पा, पेमा शेर्पा,पेमा ओङ्छु शेर्पा,दावा फिनजो शेर्पा र देन्डी लामा शेर्पा रहेको केन्द्रले जनाएको छ।

