गण्डकी प्रदेश सरकार : दुई मन्त्रीले गरे जिम्मेवारी अस्वीकार

कास्की । गण्डकी प्रदेशमा कछुवाको गतिमा मन्त्रीपरिषद् विस्तार भएको छ । आज चार जना विनाविभागिय मन्त्रीलाई जिम्मेवारी दिने बताइएको थियो । तर, दलहरुबीच भागबण्डा मिल्न नसक्दा मन्त्रिमण्डललाई पूर्णता दिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सकेनन् ।

चार जना मन्त्रीलाई मात्र भएपनि विभाग दिएर बजेट सत्र सुचारु गर्ने सोच उनले बनाएका थिए । तर, उनी पुनः सहमति जुटाउन असफल भएका छन् ।
विना विभागीय मन्त्री हरिशरण आचार्य र दीपक मनाङेले अझै पनि जिम्मेवारुी पाउन सकेका छ्रैनन् । जसपाका आचार्य र स्वतन्त्र सांसद मनाङेले मागेको मन्त्रालयमा सहमति जुट्न नसकेको हो ।
अर्थमन्त्रालयमा अडिएका आचार्यलाई मुख्यमन्त्रीले उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको अफर गरेका थिए । उता मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारीमा उनी थिए । तर, उनीहरुले मुख्यमन्त्रीको अफर अस्वीकार गरिदिएको स्रोतको दाबी छ ।
आचार्यले अर्थ र मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालय मागेका छन् । काँग्रेस आफैँले अर्थमन्त्रालय राख्न चाहेपछि सहमति नजुटेको स्रोतको दाबी छ ।
जसपासँग लिखित सहमति गरेको भएतापनि हाल काँग्रेसले उक्त मन्त्रालय दिन मानिरहेको छैन ।

