संबैधानिक इजलास : निबेदक पक्षको बहस सकियो, बिपक्षी कानुन ब्यबसायीहरुको भोलिदेखि



काठमाडौं।सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद विघटनसँग सम्बन्धित मुद्दामा निवेदकको तर्फबाट वहस सकिएको छ ।

संवैधानिक इजलासले १२ घण्टा तोकेको समयअवधिभित्र रिट निवेदक पक्षका १६ जना कानुन व्यवसायीले बहस गरेसँगै बहस सकिएको छ ।

इजालासमा रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनालसहित १६ जनाले बहस गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई संलग्न संवैधानिक इजलासमा संसद विघटनसँग सम्बन्धित ३० वटै रिटमाथि सुनुवाइ भइरहेको छ ।

असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांंसदको तर्फका वकिलहरुको बहस सकिएको छ।

भोलि (सोमबार)देखि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्