सार्बजनिक यातायात तत्काल नखुल्ने,उपत्यकामा अझै निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् । कोरोना संक्रमण दर उल्लेख्य मात्रामा घट्न नसकेको निष्कर्षका साथ उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको हो ।

आइतबार उपत्यकाका तीनै सिडिओको बैठक बसेर निषेधाज्ञाको अवधि थप एकसाता लम्ब्याउने निर्णय गर्ने बुझिएको छ । यद्यपि, निषेधाज्ञाा केही खुकुलो पार्ने तयारी छ। यातायात व्यवसायीले सार्वजनिक यातायात खुलाउन दबाब दिए पनि तत्काल खुला गर्ने अवस्था नरहेको तीनै प्रजिअको निष्कर्ष छ । स्वास्थ्य मन्त्रालयको सुझाबलाई आधार मानेर बाँकी निर्णय गर्ने उनीहरुको भनाइ छ ।

