बजेट : गौरबका आयोजनाहरुलाई थुलुङ दुधकोशीको प्राथमिकता,जनमुखी थुप्रै कार्यक्रम समाबेश



 

सोलुखुम्बु ।जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाले चालु आर्थिक बर्षमा यस भुमिहिन किसान / सुकुमबासीहरुलाई घडेरी उपलब्ध गराउन जग्गा खरिद गर्ने लगायतका अन्य लोकप्रिय कार्यक्रमहरु अगाडी सारेको छ।

गाउँपालिकाको केन्द्र मुक्लिमा चालु आर्थिक बर्षका लागि बजेट,नीति तथा कार्यक्रमहरु पारित गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाको बिकास र समृद्धिका कार्यक्रमसंगै अन्य जनमुखी कार्यक्रम समेत अघि सारेको हो।पालिकाले चालु आर्थिक बर्षका लागि ४६करोड ६२ लाख १६ १६ हजार ७ सय रुपैयाँको बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिए।
No description available.
गाउँपालिकाले शुरु गरेका गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको अध्यक्ष राईको भनाई छ।राईका अनुसार दुधकोसी सामुदायिक अस्पताल निर्माण , थुलुङ दुधकोसी वहुप्राविधिक शिक्षालय ,खेलग्राम निर्माण,सुकेपोखरी जुबु – ५ पर्यटन प्रवर्द्वन लगायतका योजनाहरुलाई प्राथमिकताका साथ बजेटको ब्यबस्था गरिएको छ।

स्थानीय स्तरबाट माग भइ आएका पुर्बाधार,आर्थिक,सामाजिक विकास तथा रोजगारी सृजना हुने किसिमका आयोजनाहरुलाई समानुपातिक वितरणको सिद्दान्त अनुरुप बजेटको विनियोजन गर्दै गाउँपालिका उपाध्यक्ष सबिता राईले बताईन।

महिला,दलित,जेष्ठ नागरिक,अपांग तथा बालबालिका सम्बन्धि उचित बजेटको व्यवस्था गर्नुका साथै माझि समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनको निम्ति शैक्षिक प्रोत्साहन भत्ताको व्यवस्था गर्ने कार्यक्रम सहित पारित भएको राईको भनाई छ।

संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तीका खातिर आफ्नो ज्यान उत्सर्ग गर्नुहुने शहीद तथा व्यपत्ता परिवारलाई जिवन निर्वाह भत्ता उपलब्ध गराउनदेखि Covod-19 बाट आक्रान्त नागरिकहरुको लागि , साङ्क्रमण रोकथाम,उद्दार,उपचार तथा राहत वितरणका निम्ति बजेटको बिनियोजन गरिएको जानकारी उपाध्यक्ष राईले दिईन।

प्रतिक्रिया दिनुहोस्