सत्ताका लागि विपक्षी गठबन्धनले प्रणाली नै परिवर्तन गर्न खोजेको बांस्कोटाको आरोप



काठमाडौं, १० असार । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लागेको आशंका व्यक्त गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो आशंका व्यक्त गरेका हुन् ।

बाँस्कोटाले विपक्षी गठबन्धन संविधान अनुसार उल्लेख गरिएको र आफैले लडेर ल्याएको दलीय व्यवस्थाका विरुद्धमा सडकमा ओर्लिएको हो भन्दै प्रश्न गरेका छन् । उनले अहिलेको सडकमा रहेको गठबन्धन आफ्नै विरुद्धमा रहेको उनको धारणा छ ।

गोकुलले सोधेका छन, ‘विपक्षी सडकमा तर किन ? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनःस्थापनाका लागि सडकमा हो ?’

बाँस्कोटाले संविधानको धारा ७६ को उपधारा २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टीको टिकटबाट बन्ने सांसद र सरकारको सम्बन्ध नै नरहने बताए । उनले अहिले विपक्षी गठबन्धन सोही विषयमा वकालत गरिरहको हो भन्दै प्रश्न गरे ।

बाँस्कोटाले अहिले संविधानको धारा र उपधारामा विपक्षी गठबन्धनको विश्लेषण हेर्दा उनीहरु निर्दलीय व्यवस्थाका लागि सडकमा उभिएको देखिएको बताए । बाँस्कोटा लेख्छन्, ‘त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्