प्रदेश १ को बजेट सर्वसम्मतले पारित

मोरङ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको बजेट बुधबार प्रदेशसभामा सर्वसम्मतले पारित भएको छ ।

दुई दिनसम्म चलेको बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नहरुको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएका थिए ।
मन्त्री आङ्बुहाङले बुधबार प्रदेशसभा बैठकमा आउँदो वर्षका लागि बजेट कार्यान्वयन गर्न ल्याएको विनियोजन विधेयक बिचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उनले गरेको प्रस्ताव सभामुख प्रदीपकुमार भण्डारीले सदनमा निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले ध्वनी मतद्वारा पारित गरेको छ ।
मन्त्री आङ्बुहाङले आउँदो वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

