नेपाल प्रहरीमा थपियो १ जना एआईजीको दरबन्दी, १६ डिआईजीको एकैसाथ सरुवा



काठमाडौं। सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा एक दरबन्दी थपेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय गरेको एकमन्त्रीले जनाए। हाल नेपाल प्रहरीमा ४ जनाको दरबन्दी कायम थियो।

अब प्रहरीमा एआईजी ५ जना हुने भएका छन्। यसअघि ओली सरकारले नै एआईजीको संख्या ५ बाट घटाएर ४ बनाएको थियो। तर, फेरि एआईजीको दरबन्दी थपरेर पाँच पुर्याइएको हो।

गृहमन्त्री खगराज अधिकारीले गृहमन्त्रालयबाट राखेको प्रस्ताव अनुसार एआईजीको दरबन्दी थपिएको हो।

उता, नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानीरिक्षकहरु (डिआईजी) को एकैपटक सरुवा गरिएको छ ।

गृहमन्त्री खगराज अधिकारीले सोमबार सातै प्रदेशको नेतृत्वमा रहेका, सिआइबीमा रहेका र अन्यत्र रहेकासमेत गरी १६ डीआइजीको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा धिरजप्रताप सिंहको सरुवा भएको छ । उनी प्रदेश-२ प्रहरी कार्यालयमा प्रमुख थिए ।

यसैगरी प्रदेश-१ प्रहरी कार्यालय विराटनगरमा डीआईजी अरुणकुमार बिसीलाई पठाइएको छ । यसैगरी प्रदेश २ मा उमेश रञ्जितकारको सरुवा भएको छ । यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रकाशजंग कार्की पुगेका छन् ।

गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा मुकुन्द आचार्य, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रहरी कार्यालय दिपायलमा पुरुषोत्तम कँडेललाई पठाइएको छ । प्रदेश १ मा रहेका डीआइजी ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालय नक्साल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्