जसपाको उपेन्द्र समूह फेरि निर्बाचन आयोग जाने,नौ नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा उपस्थित भएर पार्टीको आधिकारिकता बारे पुन: निवेदन दिने निर्णय गरेको छ

जसपाका बहुमत कार्य कार्यकारिणी सदस्य उपस्थित रहेको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित भएर निवेदन दिने निर्णय गरेको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका ३० सदस्य बैठकमा उपस्थित रहेका थिए ।त्यस्तै बैठकले पार्टीको निर्णय विपरित सरकारमा सहभागि भएका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । त्यसैगरी बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरी स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दावी गरेको छ । ठाकुरले जसपाको कार्यकारिणी समितिलाई नै पुनर्गठन गरेर आयोगमा निवेदन दिइसकेका छन् ।यसअघि जसपाका दुवै पक्षले दिएको निवेदनलाई निवार्चन आयोगले अस्वीकार गर्दै पूर्ववत नै कायम हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्