चेम्वरद्वारा उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग



काठमाडौं २, असार  । नेपाल चेम्वर्स अफ कमर्सले सवै उद्योगी तथा व्यवसायीलाई खोप सुबिधा उपलब्ध गराउनमा गरेको छ ।

चेम्वरले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयाँ भेरियण्टको कोभिड- १९ बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै यसले समस्त उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त तुल्याएकाले कोरोना खोपको व्यवस्था गर्न माग गरेको छ ।

साथै उसले कोरोना विरुद्धको खोप उपलब्ध नहुँदा अग्रपंक्तिमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा ह्रास आएको पनि बताएको छ ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजस्वमा योगदान पुग्न जाने बताउँदै उसले कोरोना बिरुद्धको खोप उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्