लिखुपिके : लिखु हाईड्रोले उपलब्ध गरायो ८ थान अक्सिजन सिलिन्डर

उदक बस्नेत
सोलुखुम्बु ।लिखुखोलामा निर्माणाधीन लिखु हाइड्रोले लिखुपिके गाउँपालिकालाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।

कोभीड-१९ को दोश्रो भेरियन्ट संक्रमणलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका लागि २५ थान सिलिन्डर उपलब्ध गराउन गाउँपालिकाले आग्रह गरे पनि हाईड्रोले तत्कालका लागि ८ सिलिन्डर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ।
हाइड्रोले आइतबार गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतलाई ती अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको थियो।बांकी सिलिन्डर भर्न पठाएको र भरेर आएपछि थप सिलिन्डर पालिकालाई उपलब्ध गराउने हाइड्रोपावरका प्रतिनिधि इन्द्र प्रकाश कार्कीले बताए ।

