यी हुन् एमाले फुटाएरै छोड्ने अठोटमा पुगेका नेपाल पक्षीय नेताहरू



काठमाडौं।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले भित्रको झलनाथ खनाल-माधव नेपाल समूह मा ध्रुवीकरण तीब्र हुन थालेको छ।

एकतालाई मजबुत बनाएर पार्टी भित्रै अन्तरसंघर्ष गरेर जानुपर्ने र पार्टी बिभाजन नै गर्नुपर्ने बीचको ध्रुवीकरण बड्दै जांदा सो समूहका कार्यकर्ताहरु भने अन्योलपूर्ण अवस्थामा पुगेका छन् ।

खनाल-नेपाल समूहमा रहेका दोश्रो पुष्ताका नेताहरु सुरेन्द्र पाण्डे,योगेश भट्टराई,घनश्याम भुसाल र गोकर्ण बिष्ट पार्टी बिभाजन गरेर जाने पक्षमा छैनन्। पार्टीलाई जेठ २ को अवस्थामा फर्काए सुदृढ एकताका साथ अघि बढ्नुपर्नेमा उनीहरू दृढ देखिए पनि नेपाल लगायत भिम रावल,अष्टलक्ष्मी शाक्य,बेदुराम भुसाल, बिरोध खतिवडा, रामकुमारी झांक्री र मेटमणी चौधरीहरु पार्टी बिभाजन नै गरेर जानुपर्ने लाइनमा स्पष्ट देखिएका छन् ।

त्यसैगरी, सोही समूहका चारजना नेताले त ओलीसँग मिल्नै नसकिनै भन्दै अलग पार्टी बनाउन दवाव दिंदै शुक्रबार संयुक्त धारणा अघि सारेका छन् ।यसरी संयुक्त धारणा अधि सार्ने नेताहरूमा केन्द्रीय सदस्य जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, डा. विजय पौडेल र राजेन्द्र राई छन् ।

दस बुंदे अवधारणा अघि सार्दै उनीहरूले वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेकोले ओलीसंगको बार्तालाई तत्काल बन्द गर्न आग्रह गरेका छन। नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गरौं र देशलाई प्रतिगमन, राष्टघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ । कम्युनिष्ट आन्दोलनमा वर्तमानमा हाबी भएको विसर्जनवाद र दक्षिणपन्थको विरुद्धमा प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिलाई गोलदन्द गरौं र देशको संघीय, लोकतान्त्रिक गणथतन्त्रमाथि आइपरेको चुनौती सामना गर्न देशभरीका लोकतान्त्रिक शक्तिलाई एकताबद्ध बनाउन लागौँ,” चारजनाले संयुक्त धारणा अघि सारेका छन् ।

“के पार्टीभित्र आन्तरिक एकता गर्ने ठाउँ केपी पक्षले बाँकी राखेको छ ? के ०७८ फागुन २८ गतेदेखि उनीहरु स्वयंले पार्टी विभाजित गरेका होइनन् ? पार्टी कब्जा गर्ने नियतले गरेका सबै कृत्यहरूले कार्यकर्ताहरूलाई एकताको भाव भर्ने गरी, उत्साही बनाउने गरी तथा दुबै पक्षको विजय भएको अनुभूति हुने गरी सहमति गरिनेछ भन्ने विश्वास दिलाउन सक्ने आधार तयार गरेको छ ? के हामीले गर्विलो स्वरले पार्टीलाई विधि विधान, अनुशासन र यसको मूल्य प्रणाली अनुसार हिन्न वाध्य बनाउन छौं भनी गरेको उद्घोषलाई कुनै सहमतीले सफल बनाउने छ ? यी प्रश्नहरूको सही उत्तर खोज्ने क्रममा नै हाम्रा विचारको रक्षा हामी आफैंले गरेका हुन्छौँ कि हुँदैनौ भन्ने कुराको निक्र्यौल गर्दछ । यो वार्ता सन्दर्भ असफल हुने प्रष्ट देखिएको छ,” उनीहरूले किटान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्