पशुपतिनाथको बिकासका लागि ३५ करोड,माडीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन

काठमाडौँ।सरकारले पशुपतिनाथका लागि ३५ करोड विनियोजन गरेको छ। पशुपतिनाथको विकास तथा विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए।

साथै उनले जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए। सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ ।
गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाएका थिए।

