१ हजार रुपैयाँ बढ्यो वृद्धभत्ता



काठमाडौं।  सरकारले ज्येष्ठ नागरिकसहितलाई प्रदान गर्ने गरिएको सामाजिक सुरक्षा भत्ता बढाएको छ। आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) १ हजार रुपैयाँ बढाउने घोषणा गरेको गरेको हो।

अहिले ३ हजार रुपैयाँ रहेको वृद्धि भत्ता बढाएर सरकारले ४ हजार रुपैयाँ बनाएको हो। योसँगै सरकारले सबै शीर्षकमा वितरण हुन सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँका दरले बढाएको हो।

सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्