बजेट रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन सर्बोच्चद्वारा अस्वीकार



काठमाडौं।सर्वोच्च अदालतले बजेट रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध लगायतका मुद्दामा आजको बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले बजेट रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

अधिवक्ता सुनिलकुमार पटेल लगायत अधिवक्ताले १५ जेठमा बजेट नल्याउन अन्तरिम आदेश जारी गरिदिन अदालतसँग माग गरेका थिए।

बजेट आउँछ आउँदैन थाहा नभएको अवस्थामा आन्तरिम आदेश दिन नपरेको प्रधानन्यायाधीश जबराले बताए।

प्रतिक्रिया दिनुहोस्