सोलुखुम्बुको बिकासलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट बिनियोजन गर्न अर्थमन्त्रीसंग सांसद राईको आग्रह



काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ ले अर्थमन्त्री पौडेललाई भेटी सोलुखुम्बु जिल्लाको बिकासका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गर्न आग्रह गरेका छन्।

सरकारले आगामी बर्षका लागि बजेटको तयारी गरिरहेका बेला सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी सांसद राईले आगामी बजेटमा सोलुखुम्बुको भाैतिक पुर्वाधार लगायत समग्र क्षेत्रमा जनताले अनुभुति गर्ने ढंगले बजेट बिनियोजन गर्न अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन्।

सरकारले प्राथमिकताका साथ पर्याप्त बजेटको ब्यबस्था नगर्दा दुर्गम जिल्लाका जनताले महसुस गर्ने गरि बिकास आयोजनालाई अगाडी बढाउन नसकिएको गुनासो सांसद राईको थियो। जिल्लामा अल्पकालीन र दीर्घकालीन बिकास आयोजनाका बारेमा अर्थमन्त्री पौडेललाई जानकारी गराउंदै सांसद राईले आगामी आर्थिक बर्षकाे बजेटमा सोलुखुम्बुको भौतिक बिकासलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न आग्रह गरेको सांसद राईको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सांसद राईले बिश्वब्यापी महामारीको रूपमा फैलिरहेकाे काेभिड – १९ काे संक्रमणबाट जोखिममा परेको जनताको स्वास्थ्य रक्षाका लागि जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न र सरकारले मापदण्ड अनुसार आइसुलेसन सेन्टर बनाउन आवश्यक बजेट बिनियोजन गर्न मन्त्री पौडेलसंग आग्रह गरेका थिए। सांसद राईले जिल्लामा रहेका आठ वटै स्थानीय तहहरुलाई ब्यबस्थित आईसाेलेसन निर्माणका लागि उपलब्ध गराउने भनिएको ४०/४० लाख बजेट केन्द्र सरकारले तत्काल उपलब्ध गराउन आग्रह पनि गरेका छन् । [फाईल फोटो]

प्रतिक्रिया दिनुहोस्