भारतले सार्वजनिक गर्‍याे काेरोना विरुद्धको ‘औषधि’



काठमाडौं, ३ जेठ । भारतले नोभल कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको ‘औषधि’ सार्वजनिक गरेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार बिहान २–डीजी नामक औषधि सार्वजनिक गरेका हुन। रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले तयार पारेको औषधि सिंहले स्वास्थ्यमन्त्री हर्ष वर्धनलाई हस्तारण गरेका छन्।

भारतमा २–डीजीलाई आपतकालिन प्रयोग अनुमति दिइएको जनाइएको छ। यो औषधि डीआरडीओ कोभिड–१९ अस्पतालमा भर्ना भएका विरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्