मुख्यमन्त्री शाहीद्वारा कर्णालीमा मन्त्रिपरिषद् हेरफेर



काठमाडौं, २९ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । प्रदेश सभामा विश्वासको मत लिएको एक महिनापछि शाहीले मन्त्रिपरिषद्मा हेरफेर गरेका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र आर्थिक मामिला र योजना मन्त्री बिमला केसीले राजीनामा गरेपछि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद्मा हेरफेर गरेका हुन् ।

रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित गोपाल शर्मा, सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र सीता नेपालीलाई मन्त्री नियुक्त गरिएको हो ।

विष्टले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने आर्थिक मामिला र योजना मन्त्री शर्मा बनेका छन् ।

कर्णाली प्रदेश सभामा माओवादी संसदीय दलकी सचेतक रहेकी सीता नेपाली जलस्रोत मन्त्री बनेकी छिन् ।

उनीहरूलाई आजै शपथ गराउने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

नेकपा विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले कांग्रेसको समर्थन र एमालेको माधव नेपाल पक्षको सहयोगमा संसद्मा विश्वासको मत जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्