स्वास्थ्य मन्त्रालयको सिफारिस बिना अक्सिजन खरिद-बिक्री गर्न नपाइने

काठमाडौं । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले त्यत्तिकै ज्यान गुमाउनु परेको यथार्थ बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले
आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ ।

स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले शनिबार मात्र १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन भनेको छ । धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको एईओसीको पत्रमा उल्लेख छ ।

