मुलुकका ६२ जिल्लामा निषेधाज्ञा, सर्लाहीमा आज र सोलुखुम्बुमा आईतवार रातिबाट लागु हुने



सोलुखुम्बु । हालसम्म २१ जनामा कोरोना संक्रमण पुष्टि भएको सोलुखुम्बु जिल्लामा स्थानीय प्रशासनले आईतबार राति १२ बजेबाट जिल्लाभरी निषेधाज्ञा लागाउने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा निशेधाज्ञाको पन्ध्र दिन नाघ्न नपाउंदै पूर्ण र आंशिक गरेर ६० जिल्लामा निषेधाज्ञा जारी भएका छन।शनिबार बाट सर्लाही र आइतबारबाट सोलुखुम्बुमा निषेधाज्ञा लागुभएपछि मुलुकमा निषेधाज्ञा लागू हुने जिल्लाको संख्या ६२ पुगेको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्र सोलुखुम्बुको शुक्रबार बसेको बैठकले आईतबार राति १२ बजेदेखि १५ दिनका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयले जनाएको छ।कार्यालयका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।यदि निषेधाज्ञा पालना नगरेको पाईएमा संक्रामक रोग ऐनअनुसार कार्वाही गरिने चेतावनी समेत दिइएको छ।

यसअघि उपत्यकालगायत कैलाली, पर्सा, कञ्चनपुर, चितवन, रुपन्देही र दार्चुलाका केही गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको थियो । लगत्तै सुर्खेत, कास्की, दाङ, कञ्चनपुर, पाल्पा, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम ,डडेल्धुरा, झापा, मोरंग, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोर्खा, बाजुरामा पनि निषेधाज्ञा जारी गरियो ।

त्यसैगरी निषेधाज्ञा लागू भएका जिल्लाहरुमा उदयपुर, पर्वत, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ्ग, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिंग, बागलुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्