जिल्ला प्रशासनले लियो केएमसी र ह्याम्स अस्पतालसंग स्पष्टीकरण



काठमाडौं । कोरोनाका बिरामीसँग सरकारले तोकेको मापदण्डभन्दा निकै बढी रकम असुलेको उजुरी परेपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले राजधानीका केएमसी र ह्याम्स हस्पिटलका सिइओलाई स्ष्टीकरण सोधेका छन् ।

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई जिल्ला प्रशासन कार्यालय बोलाएर बिहीबार लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएका छन् ।

दुवै अस्पतालले कोभिड बिरामीसँग बेडको निकै धेरै रकम उठाउने गरेको सूचना सामाजिक सञ्जालमा फैलिए स्पष्टीकरण सोधेको र बढी शुल्क लिएको पाइएमा हदैसम्म निर्मम भएर कारबाही गर्ने सीडीओ पराजुलीले बताए।

यस्तै स्वास्थ्य मन्त्रालयले पनि सो बारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्