देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुग्यो

काठमाडौँ । काठमाडौं उपत्यकामा आज २ हजार ४९५ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार २ हजार ९५६ जना थिए भने आज ४६१ जनाले घटेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार ९३२ जना, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ संक्रमित थपिएका हुन् ।
नेपालमा आज ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ५७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
यससँगै संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २८७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ।
आज १९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ। नेपालमा हालसम्म २४ लाख ८८ हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १४ हजार ९६९ जनाको परीक्षण गरिएको छ।

