थप ६ जिल्लामा आजबाट निषेधाज्ञा लागु गरिंदै



काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि देशका थप ६ वटा जिल्लामा निषेधाज्ञा जारी गरिने भएको छ।

मोरङ, गुल्मी ,जाजरकोट, सल्यान, डडेलधुरा र झापा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित जिल्लामा शनिबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

जाजरकोटमा शनिबार रातिदेखि, सल्यान र डडेलधुरामा आइतबार बिहान ६ बजेदेखि र झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुने बताईएको छ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म प्राप्त विवरणमा २३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
सम्बन्धित प्रशासन कार्यालयले बिहीबारयता बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सामा निषेधाज्ञा गरेको छ ।

यस्तै कालीकोट, बागलुङ, बर्दिया, दार्चुला, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २ सय र काठमाडौं उपत्यका तथा तराईमा ५ सय जना सक्रिय संक्रमित रहेका जिल्लामा आवश्यकता अनुसार आदेश जारी गर्न सक्ने अधिकार प्रजिअलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्