होशियार ! निषेधाज्ञा उल्लंघन गर्नेलाई यस्तो कारबाही हुने ब्यबस्था छ

काठमाडौं। मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर सुरुभएसंगै स्थानीय प्रशासनले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेका छन।बिहिवारसम्म मुलुकका विभिन्न १५ जिल्लामा निषेधाज्ञा जारी भएपनि अन्यत्र पनि यसको सम्भावना बढ्दै गएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उप दफा ३ द्वारा प्राप्त अधिकारको प्रयोग गरी निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका हुन । संक्रामक रोग ऐन, २०२० अनुसार उक्त ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्ने ब्यबस्था छ।
उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय हुन सक्ने छन ।

