अस्पतालदेखि मसानघाटसम्म लाइनः परीक्षण, उपचार हुँदै मृत्युसम्म उस्तै



नयाँ दिल्ली, १४ वैशाख । देश यी दिनहरुमा लाइनमा उभिएको छ । कोरोनाको दोस्रो लहरले यस्तो हालत बनाइदिएको हो । रुघाखोकी, ज्वरो र चिसो भयो भने परीक्षणको लाइन । यदि रिपोर्ट पोजेटिभ आयो भने अस्पतालबाहिर उपचारको लागि लाइन । यदि भाग्यले बेड मिल्यो भने अक्सिजनका लागि लाइन । स्वास्थ्य बिग्रियो भने रेमडेसिविरका लागि लाइन, अझ धेरै अवस्था बिग्रियो भने भेन्टिलेटरका लागि लाइन् । अन्ततः ज्यान गयो भने अन्तिम संस्कारको लागि मसानघातमा पनि लाइन ।

कुनै एक राज्य, शहर वा अस्पताल मात्र होइन, मानिसहरुले यसप्रकारको कठिनाई व्यहोरिरहेको । मध्यप्रदेश, राजस्थान, गुजरात, बिहार, महाराष्ट्र, दिल्ली होस् वा अरु कुनै साना ठूला राज्यहरु । हरेक ठाउँमा जिउँदा वा मृत मानिसहरुको एउटै ठाउँ छ- त्यो हो लाइनदेखि लाइनसम्म ।

यो फोटो लखनऊको लोहिया अस्पतालको हो । यहाँ मानिस आफ्नो परीक्षण गराउन आएका छन् । यहाँ कोरोनाबाट जुधिरहेका मानिसहरु सुरुवाती क्रममा छन् । यहाँ असफल हुँदा समस्याको लामो लाइन सुरु हुन्छ । भारतमा अहिलेसम्म करबि १४ करोड परीक्षण भइसकेको छ । यो संख्या महाराष्ट्रको पूरै जनसंख्या भन्दा दुई करोड बढी हो ।

गुजरातको अहमदाबादमा सोमबार एक अस्पतालको बाहिर एम्बुलेन्सको लाइन लागिरहेको देखिन्छ । यीमध्ये कोरोना संक्रमित बिरामी भर्ना हुन प्रतिक्षा गरिरहेका छन् । अस्पताल भित्रबाट खबर आएमा उनीहरुले बेड पाउँछन् । कयौं शहरमा अवस्था यस्तो छ कि बिरामीलाई उनका आफन्तहरुले एम्बुलेन्समा राखेर घुमिरहेका हुन्छन् तर अस्पताल खाली छैन ।

दिल्लीको अस्पतालमा अक्सिजन छैन । सरकार लाचार देखिएको छ । अदालतले आदेश दिइरहेको छ तर यसको बावजुद पनि बिरामीको लागि अक्सिजनको व्यवस्था भइरहेको छैन । बिरामीका आफन्तहरु खाली सिलिन्डर लिएर रिफिल सेन्टरको बाहिर लाइनमा उभिइरहेका भेटिन्छन् । यो पर्खाईकै क्रममा कतिपय बिरामीहरुको प्राणपखेरु उडिसकेको हुन्छ ।

यस्तो तस्बिरले बताउँछ कि यो क्रम कति खराब छ । मसानघाटमा एकसाथ कयौं चिताहरु जलिरहेका छन् । कयौं स्थानहरुमा त जल्नको लागि पनि लाइनमा बस्नुपर्ने अवस्था छ । मसानघातमा पनि टोकन प्रणाली चलिरहेको छ । यहाँ काम गर्ने मानिसहरु स्वास्थ्यकर्मीजस्तै थकित छन् । तर, जलाएर शवहरु सकिँदैनन् । कयौं घण्टा कुरेपछि मात्र शवहरुको भाग्य खुल्छ र उनीहरु जल्न पाउँछन् ।

महाराष्ट्रमा बितेका कयौं महिनादेखि भारतभरीमै सबैभन्दा बढी संक्रमित भेटिइरहेका छन् । त्यसैले यहाँ खोप पनि ठूलो मात्रामा लगाउने काम भइरहेको छ । यो तस्बिर मुम्बईको गोरेगाउँको हो । यहाँ एक खोप केन्द्रबाहिर सयौं मानिसहरु खोप लगाउन लाइनमा छन् । लाइन खोपकेन्द्रको बाहिरसम्म लम्बिएको छ ।

कोरोनाको असर यस्तो पनि छ कि मानिसहरु वर्षमा दुईपटकसम्म पलायन हुन बाध्य छन् । कयौं शहरमा लकडाउन लगाइएपछि घर फर्कने मानिसहरुको लाइन लाग्ने गरेको छ । बस र रेलहरुमा यात्रा गर्न मुस्किल छ । यो तस्बिर गुडगाउँको हो । यहाँ मानिसहरु बसमा बस्नका लागि आफ्नो पालो कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्