बिबाह र ब्रतबन्धका लागि प्रशासनको अनुमति नचाहिने (हेर्नुस्, काठमाडौं प्रशासनको थप आदेश)



काठमाडौ। निषेधाज्ञाको समयमा बिबाह र ब्रतबन्ध गर्न पनि प्रशासनको अनुमति लिनुपर्ने आफ्नै आदेशलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले सच्याएको छ।

मंगलबार थप आदेश जारी गर्दै काठमाडौं प्रशासनले अनुमति लिनुनपर्ने तर पार्टी प्यालेशमा गर्न नपाईने ब्यबस्था गरेको हो।तर १५ जना भन्दा बढी उपस्थित हुन नपाइने ब्यबस्थालाई भने यथावत राखिएको छ।

त्यस्तै प्रशासनको थप आदेशमा डिपार्टमेन्टल स्टोरको पनि ग्रोसरी कक्षमात्रै खोल्न पाइने उल्लेख छ।ग्रोसरी कक्ष पनि बिहान १० बजेसम्म र बेलुकी ५ देखी ७ बजेसम्ममात्र खोल्न पाईने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्