देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडाैं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

यसका साथै सरकारले पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सय जना सक्रिय संक्रमित भएमा निषेधाज्ञा जारी गर्ने निर्णयसमेत भएको छ । यसअघि सीसीएमसीले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। सोअनुसार सबै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेको सूचना पनि जारी गरिसकेका छन्।

सोमबार नै काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बेठकले वैशाख १६ देखि एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्