आईपीएल क्रिकेटको सट्टेबाजी गराउने ११ जना काठमाडौंबाट पक्राउ

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजी गराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट ११ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

महाशाखाको टोलीले ठमेल र ज्याठा लगायतका पाँच ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मोवाइल मार्फत ह्वाट्स एपको सहायताले सट्टेबाजी गराएर करोडौंका हार जित गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

