एमालेका सांसद्ले ह्वीप उल्लंघन गरेपछि जोगिए मुख्यमन्त्री शाही,को को हुन ह्वीप उलंघन गर्ने सांसद ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभामा विश्वासको मत हासिल गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । योसँगै कर्णालीमा शाही नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।
नेकपा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो ।
विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।एमाले ५ चैतमा समर्थन फिर्ता लिएपछि नै शाही विश्वासको मत लिन बाध्य भएका थिए।
तर, शुक्रबार भएको मतदानमा एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका हुन्।
पार्टीको ह्विप उल्लंघन गर्नेलाई संसदीय दलले कारबाही गर्नसक्ने व्यवस्था छ।

