कोरोना संक्रमितको संख्या बढ्दै, सोमबार एकैदिन १३ जनाको मृत्यु



नेपालमा पछिल्लो चौबिस घण्टामा थप ४ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार १ सय पाँच जनामा परिक्षण गर्दा थप ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

त्यस्तै आज नेपालमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । नेपलामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट थप १ सय ३८ जना डिस्चार्ज भएको छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्