सांसदहरुको छनौटमा एक निर्बाचन क्षेत्र एक सडकको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सडकको शिलान्यास गरेका हुन्।

हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्वाचन क्षेत्रभित्र रणनीतिक सडक निर्माण गर्ने उद्देश्यले सरकारले एक निर्वाचन क्षेत्रमा एक सडक निर्माण गर्दैछ ।
देशभरीका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा एक सय ६५ वटा सडक निमार्ण गरिने छ । सडक निमार्ण कार्यक्रमका लागि सरकारले ५७ अर्ब १० करोड बजेट छुट्याएको छ । १६५ निर्वाचन क्षेत्रमाई आधारभूत रुपमा सडक पूर्वाधारले समृद्ध बनाउने सडक तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

