७० सदस्यीय नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीमा थपिए ९९ सदस्य,बन्यो १६९ सदस्यीय कमिटी



सोलुखुम्बु,१३ चैत।सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि ब्युँतिएको नेकपा एमालेको पहिलो बैठक शुक्रवार सम्पन्न भएको छ।

पूर्ववत् नेकपा एमालेको निरन्तरताकै हैसियतले १३औं पुर्ण बैठकका रूपमा जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लामा पार्टीलाई सशक्त ढंगले अगाडी बढाउन विभिन्न निर्णय गरेको बताइएको छ।

जिल्ला पार्टी कमिटी सचिब शिशिर खालिङका अनुसार बैठकले पहिले रहेका ७० सदस्यीय जिल्ला कमिटीमा ९९ सदस्यहरु थप गरेर १६९ सदस्यीय गर्नुका साथै आवश्यकताका आधारमा भूगोल इन्चार्ज र पदाधिकारी चयन गरेको छ।

यसैगरी बैठकले महत्वपूर्ण केहि बिभाग गठन गर्नुका साथै कतिपय फ्याक्सन इन्चार्ज तोक्ने काम गरेको पनि सचिब खालिङले रहस्यखबरलाइ जानकारी दिए।यसैगरी,पार्टीको जिल्ला कमिटी बैठकमा बिना जानकारी तीन पटकसम्म अनुपस्थित हुने सदस्यलाइ जिल्ला कमिटी सदस्यबाट हटाउने ब्यबस्था कार्यान्वयन गर्ने र मासिक लेबीबाहेक सदस्यहरुबाट प्रति महिना २०० र सचिवालय सदस्यबाट प्रति महिना ५०० रुपैयाँ पदाधिकारी लेबि उठाउने र यसको कार्यान्वयन आर्थिक बिभागले गर्ने निर्णय पनि भएको छ।

बैठकमा पार्टी एकीकरण पूर्बको अवस्थामा फर्किएपछी जिल्लाका आठै स्थानीय तहमा एमालेको अवस्थाकाबारेमा गाउँपालिका पार्टी कमिटीका पदाधिकारीले बैठकमा अवगत गराएका थिए।बैठकमा गराइएको जानकारी अनुसार नेकपाको खारेजीपछि जिल्लाका नेचासल्यान,खुम्बु पासाङल्हामू, माप्यदुधकोशी र सोताङ लगायतका गाउँपालिकामा नेकपा एमाले गाउँपालिका कमिटीको कार्यालय स्थापना गरिएको छ।

बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य मानबीर राइले प्रमुख अतिथिको रूपमा निर्देशनात्मक मन्तब्य व्यक्त गर्दै आफुले बैधानिक रुपमै जिल्ला पार्टी कमिटीको अध्यक्ष डुफकुमार बास्तोलालाई हस्तान्तरण गरेको जानकारी दिंदै बैधानिकताका बिषयमा फैलाईएका भ्रमबाट सचेत रहन आग्रह जिल्ला कमिटी सदस्यहरुलाइ आग्रह गरेका थिए।

अर्का अतिथि प्रदेश कमिटी सदस्य महेश किरांतीले पार्टी बिभाजनपछि आफुहरु मुलुकको बिकास र आर्थिक समृद्धिको नेतृत्व गरिरहनु भएका केपी ओली नेतृत्वको नेकपा एमालेमा बिना हिच्किचाहट लामबद्द भएको स्पष्ट पार्दै आगामी दिनमा पनि एमालेले नै मुलुकको नेतृत्व गर्ने दावी गरे।

प्रतिक्रिया दिनुहोस्