थुलुङ दुधकोशीमा माओबादी केन्द्रको पार्टी कार्यालय स्थापना



सोलुखुम्बु,१२ चैत । जिल्ला समन्वय समिति सोलुखुम्बुका उपप्रमुख धर्मराज बन र गाउँपालिका अध्यक्ष असिम राईले संयुक्त रुपमा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपालिका कमिटीको कार्यालय उद्घाटन गर्नुभएको छ।

जिल्ला कमिटीको बैठकले ८ वटै पालिकामा कार्यालय स्थापना गर्ने निर्णय गरेको भोलिपल्टै बुधबार गाउँ पालिकाको केन्द्र मुक्लिमा कार्यालयको उद्घाटन गरिएको हो ।

। कार्यक्रममा बोल्दै समन्वय समिति उपप्रमुख बनले माओबादीले परिवर्तनको एजेण्डा स्थापित गरेको भन्दै फेरी एकपटक जनताको एजेण्डा बोक्ने मौका पार्टीलाई आएको बताउनुभयो ।

सो क्रममा नेकपा माओबादी केन्द्रका युवा नेता तथा गाउँपालिका अध्यक्ष असिम राईले आफु निर्वाचित भए पछि पालिकाको बृहत्तर र जनमुखि विकास गर्दै नमुना पालिका बनाएको भन्दै आफ्नो पार्टीले आगामि निर्वाचनमा सिंगो जिल्लाका जनताको मन जित्ने दाबी गर्नुभयो ।

गाउँ कमिटि अध्यक्ष घनश्याम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता रामसंर्घष किराँती लगायतले धारणा राख्नुभएको थियो। अब पालिकाका ९ वटै वडामा कार्यालय खोल्ने उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्