ओलीले बालुवाटारमा चियापान गर्दै, के गर्ला नेपाल–खनाल समूह?

काठमाडौं ,२ चैत्र ।नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केन्द्रीय सदस्यहरुसंग चियापान गर्ने भएका छन।

पार्टी केन्द्रीय कमिटी कमिटीको बाह्रौं बैठकको सन्दर्भमा आयोजित चियापानमा असन्तुष्ट माधव-झलनाथ समूहलाई समेत निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
केन्द्रीय कमिटी सदस्यहरुलाई बिहान ११ बजे बालुवाटारमा उपस्थित हुन एसएसएस गरिएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले नेताहरुलाई म्यासेज पठाएका हुन् ।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक चैत ७ गते बस्दैछ। खनाल–नेपाल पक्षका नेताहरुले भने बैठकमा सहभागी नहुने बताएका छन् । सर्वोच्चको फैसलाले एमालेलाई साविकको अवस्थामा फर्काए पनि ओलीले एकलौटी निर्णय गरेपछि एमालेमा विवाद चर्किएको छ । खनाल–नेपाल समूहले पनि समानान्तर कमिटी गठन गरेको छ । त्यस्तै एमालेको विवादको जानकारी निर्वाचन आयोग समेत पुगेको छ । आइतबार खनाल–नेपाल पक्षले ओलीले गरेको निर्णय विधान विपरित रहेकाले वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

