थुलुङ दुधकोशी : खुल्ला पुरुष फुटबल प्रतियोगिताका बिजयी खेलाडीहरु पुरस्कृत

होमनाथ खत्री
सोलुखुम्बु,१ चैत । जिल्लाको थुलुङ दुधकोशी गांउपालिका वडा नं ४ जुबुमा दुधकोशी यूबा क्लबद्वारा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिताका बिजयी खेलाडीहरुलाइ पुरस्कृत गरिएको छ।

गत फागुन २६ गतेदेखि सुरु भएको सो प्रतियोगिताका बिजेताहरुलाइ आइतबार कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सोलुखुम्बुका प्रभावशाली नेता प्रकाशसिंह कार्कीले पुरस्कार,ट्रफी मेडल तथा प्रमाणपत्र बितरण गर्नुभएको हो।
प्रतियोगितामा अर्जुन इन्टरप्राइजेज ओखलढुंगा प्रथम,थुलुङ दुधकोशी युथ क्लब दोश्रो,सिर्जनशील समाज जुबु तेश्रो र माप्यदुधकोशी गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुने समूहलाई क्रमश: नगद १ लाख १ हजार एक सय एघार, ७५ हजार १सय ११, ३५ हजार १ सय ११ र १० हजारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।साथै नेता कार्कीले कार्यक्रममा प्रथम,द्धितिय र तृतीय हुने टिमलाई ब्यक्तिगत रुपमा ८ हजार,५ हजार र ३ हजार समेत प्रदान गर्नुभएको थियो।
कार्यक्रममा नेपाल तरुण दलका पूर्ब अध्यक्ष जीवन गुरुङ,जनकल्याण माबिका पूर्व प्रधानाध्यापक टेकराज भण्डारी लगायत सरोकारवालाहरुको उपस्थिति थियो।



