बिजेपीका पूर्ववरिष्ठ नेता यशवन्त सिन्हा टिएमसीमा प्रवेश



काठमाडौँ । भारतीय जनता पार्टी (बिजेपी) का पूर्वनेता एंव पूर्वकेन्द्रीय मन्त्री यशवन्त सिन्हाले ममता बेनर्जीको पार्टी त्रीणमूल काँग्रेस (टिएमसी) मा प्रवेश गरेका छन् ।

सिन्हाले शनिबार टिएमसीको पार्टी कार्यालयमा पुगेर पार्टीको सदस्यता लिएका हुन् । सिन्हा बिजेपीको अटल बाजपेयी सरकारमा वित्तमन्त्री र विदेशमन्त्री बनेका थिए ।

टिएमसीमा प्रवेश गरेपछि सिन्हाले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले चुनाव जित्न जुनसुकै हदसम्म जान सक्ने टिप्पणी अग्रेका छन् ।

उनले अहिले बिजेपीलाई अकाली दल शिवसेना जस्ता दलहरुले छोडी सकेको भन्दै देशमा न्यायालय पनि कमजोर बनाइएको बताए ।

सिन्हा पश्चिम बङ्गालमा निर्वाचनको पूर्व सन्ध्यामा टीएमसीमा प्रवेश गरेका हुन् । ८३ बर्षिय सिन्हाले २०१८ मा बिजेपी छोडेका थिए ।

पश्चिम बङ्गालमा मार्च २७ देखि मे २ सम्मम आठ चरणमा विधान सभा निर्वाचन हुदै छ ।

प्रतिक्रिया दिनुहोस्