सोलुखुम्बु : ३६ सय बढीले लगाए कोरोना खोप



सोलुखुम्बु,२८ फाल्गुन । दोस्रो चरणमा ५५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित ३६ सय बढीलाई कोरोनाको खोप लगाईएको छ । फागुन २३ गतेबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा सोलुखुम्बुका ३ हजार ६ सय ६३ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दोस्रो चरणको पहिलो अभियानमा महाकुलुङ गाउँपालिकामा ११ सय २२, सोताङ गाउँपालिकामा ६ सय २३, नेचासल्यान गाउँपालिकामा १३ सय २१ र लिखुपिके गाउँपालिकामा ५९८ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी रामनारायण शाहले जानकारी दिए ।

जिल्ल्लामा पहिलो चरणमा छुटेका कर्मचारी, पत्रकार, जनप्रतिनिधि सहित ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाईएको हो । बाँकि अन्य स्थानमा पनि चाँडै खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्