पश्चिम बंगालकी मुख्यमन्त्रीमाथि सांघातिक आक्रमण



एजेन्सी । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ। आगामी विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा आफूमाथि आक्रमण भएको उनले बताएकी छन्।

आफूसँग सुरक्षागार्ड नभएको समयमा ४-५ जनाले आक्रमण गरेको बनर्जीले बताइन्। उनले आफू मन्दिरबाट फर्किएर कारमा जाँदै गरेको समयमा ४-५ जनाले धक्का दिएको र आफूलाई चोट लागेको बताइन्। उनले आफूमाथि षड्यन्त्रपूर्वक आक्रमण भएको बताइन्।

चोटका कारण स्वासप्रश्वासमा समेत समस्या भएको र ४८ घण्टा आरामको खाँचो रहेको डाक्टरहरुले बताएका छन्। पश्चिम बंगालमा आगामी २७ मार्चमा विधानसभा चुनाव हुँदैछ।

प्रतिक्रिया दिनुहोस्