ब्राउन सुगरसहित न्यायाधीशपत्नी तुलसीपुरबाट पक्राउ



तुलसीपुर, १७ फागुन । तुलसीपुरमा एक महिलालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेललाई आइतवार दिउँसो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाइएको छ । न्यायाधीशकी श्रीमती पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र ब्राउन सुगर फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार स्कुटरको डिक्की भित्र प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर भेटिएको हो । गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा लागूऔषध बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्