सगरमाथा आरोही संघमा नयाँ नेतृत्व



काठमाडौँ,१५ फाल्गुन । सगरमाथा आरोही संघको अध्यक्षमा माया शेर्पा निर्वाचित हुनुभएको छ । बिहिबार संघको सचिवालय काठमाडौँमा भएको निर्वाचनबाट माया शेर्पा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

आठ सदस्यका लागि भएको निर्वाचनबाट प्रथम उपाध्यक्षमा दिवस पोखरेल, द्धितीय उपाध्यक्षमा लाक्पा राङ्डु शेर्पा, महासचिवमा शिव बहादुर सापकोटा, सचिव मदन कुमार चुडाँल, कोषाध्यक्ष दिकि शेर्पा निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा मिङ्ग्मा डेबिट ग्याम्बु शेर्पा, सोनाम शेर्पा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्