हलेंसी तुवाचुङ : बालबालिकाको नेतृत्व बिकासका लागि ट्यालेण्ट हण्ट कार्यक्रम
होमनाथ खत्री
खोटाङ,१५ फाल्गुन ।ग्रामीण शिक्षा तथा वताबरण बिकास केन्द(REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना अन्तर्गत ‘मेरो रेडियो मेरो भबिष्य’ कार्यक्रम खोटाङको हलेसी तुवाचुङ नगरपालिका परियोजना क्षेत्रका १० वटा माध्यमिक विद्यालयहरुमा सञ्चालन भैरहेको छ।

वालवालिकाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्नका लागि हाल यस संस्थाले सम्पूर्ण छनौट भएका विद्यालयहरुमा वालवालिकाहरुका लागि Talent Hunt सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेकोे हो ।
यसै क्रममा गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हलेंसी तुवाचुङ नगरपालिका वडा नं.७ हलेंसीस्थित महेन्द्रोदय माध्यामिक विद्यालयमा पनि गायन प्रतियोगिताको आयोजना गरियो भने फागुन १४ गते वडा नं. ११ राजापानीस्थित ज्योति माविमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
वडा नं. ७ हलेसीस्थित महेन्द्रोदय माध्यामिक विद्यालय अन्तर्गतकै वाल क्लवका अध्यक्ष टेलिसा राईको सभापतित्व एवं विद्यालयका प्रधानाध्यापक चक्रबहादुर राईको प्रमुख आतिथ्यता र REED NEPAL को हलेसीतुवाचुङ नगरपालिका परियोजनाकी फिल्ड अफिसर मन्जु खनियांको विशेष आतिथ्यतामा सम्पन्न भएको गायन प्रतियोगितामा ९ जना विध्यार्थीहरुले भाग लिएका थिए ।
सुरेश मल्ल, प्रतिभा राई र यविन्द्र राईको निर्णायक मण्डलले सहभागीहरुमध्ये टेलिसा राईलाई प्रथम, आशिस राईलाई द्धितिय र प्रतिक्षा राई तथा रन्जिता दाहाललाई तृतिय घोषित गरेको थियो । त्यस्तै नेपाली हामी गीत गाएर अशोक कार्कीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
यसैगरी फागुन १४ गते वडा नं. ११ राजापानीस्थित ज्योति माध्यामिक विध्यालयमा Talent Hunt कार्यक्रम अन्तर्गत विद्यार्थीहरुवीच कविता प्रतियोगिताको आयोजना गरिएको परियोजनाका फिल्ड अफिसर मन्जु खनियांले जानकारी दिनुभयो । प्रधानाध्यापक शम्भुप्रसाद घिमिरेको सभापतित्वमा भएको कविता प्रतियोगिता कार्यक्रममा २१ जना विद्यार्थी सहभागी थिए।

