युनियन लाइफको बिमा सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न



होमनाथ खत्री
सोलुखुम्बु,७ फाल्गुन ।युनियन लाइफ इन्स्योरेन्स सोलुखुम्बुको बिमा सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिकर्ताहरुलाइ एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका सह इन्चार्ज राजु श्रेष्ठले हिम्मतले मात्र सबै कुरा सम्भव रहने भन्दै बिमाले परिवारको सुरक्षा गर्ने समेत दाबी गर्नुभयो । बिमा अभिमुखिकरण कार्यक्रममा श्रेष्ठले योजना बिनाको ब्यक्तिले केही गर्न नसक्ने भन्दै योजना बनाएर अघि बढन समेत सुझाव दिनुभयो ।

यस्तै नेपालको सबै भन्दा उत्कृष्ट अभिकर्ता (बिमा रत्न) दामोदर गौतमले काम गर्नको लागि बिदेश जानेहरुको लागि बिमा कम्पनी नमुना बनेको बताउदै बिमा कम हुनु अभिकर्ताले बिमाको बारे कम बुझ्नु वा बुझाउने क्षमता कम भएको बताउनुभयो । बिश्व जीवन अभिकर्ता(MDRT) हुनुभएका सन्तोष राउतले बिमा गर्नलाई चाहना भएपछि सबै कुरा सम्भब भएको दाबी गर्नुभयो ।

कार्यक्रममा सोलुखुम्बुका शाखा प्रबन्धक भानुभक्त उपाध्य,अन्डर राइटिङ केदार बस्नेत लगायत एजेन्सी म्यानेजर साथै एजेन्टहरुको उल्लेखनीय उपस्थितिमा शाखा कार्यालय सल्लेरीमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्