खुम्बुमा ६१ घरलाई ग्याँस सिलिन्डर तथा खाद्यान्न वितरण



लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु,४ फाल्गुन ।पर्यटकीय क्षेत्र सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ बुप्सामा स्थानीय ६१ घरलाई ग्यांस , ग्याँस चुलो तथा खाद्यान्न वितरण गरिएको छ ।

डाइमार्डन गलाइचेन गौटिन्जेन जर्मनको आर्थिक सहयोग
र आइएम ट्रेकिङ एन्ड एक्स्पिडिसनको आयोजनामा कोङ्दे युवा क्लबको सहजीकरणमा शेर्पा हरुको महान चार्ड ल्होसारको अवसरमा बुप्सा खार्ते काडे, लगुम र थामडाँडाका ६१ घरलाई ग्याँस, चुलो तथा राहत वितरण गरिएको हो।

आइएम ट्रेकिङ एन्ड एक्स्पिडिसनका प्रमुख पेम्बा जाङ्बु शेर्पाको अनुसार
बन जङ्गलको संरक्षण,श्वासप्रश्वास र धुँवाबाट लाग्ने रोग न्यूनीकरण गर्न तथा स्थानीय सोचलाई आधुनिकीकरण गर्न ग्यांस चुलो बितरण गरिएको हो।

यी तीन उद्देश्य पुरा गर्नका लागि तत्काल सबै लाई पुग्ने गरि ल्होसार पर्बका अवसरमा शेर्पा समुदायबाट यो कामको सुरुवात गरेको शेर्पाको भनाइ छ। उनले बुप्सा, खार्ते काडे, लगुम र थामडांडामा रहेका ६२ घर शेर्पामध्ये ग्याँस र ग्याँस चुलो नभएको २८ घर र बुप्स आधारभूत विद्यालयलाई एउटा चुलो र एउटा ग्यांस गरि जम्मा २९ वटा वितरण गरिएको बताए ।बाँकी पहिले नै ग्याँस जडान गरिसकेका ३२ शेर्पा परिवारलाई भने एक एक बोरा चामल वितरण गरिएको उनको भनाइ छ।

कोरोना भाइरसको कारण आर्थिक आम्दानी ठप्प भएका बुप्साका १० घर दलित परिवारलाई पनि प्रति परिवार १० केजी चामल भोलि वितरण गर्ने कार्यक्रम रहेको बताउंदै उनले २ महिना पहिले काठमाडौंमा बेपत्ता भएर भाग्य न्यौपानेको सहयोगमा बुप्सा आएका ३ दिदिबहिनीलाई पनि ग्याँस तथा गचुलो वितरण गर्ने योजना रहेको आइएम ट्रेकिङ एन्ड एक्स्पिडिसनका प्रमुख पेम्बा जाङ्बु शेर्पाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्