प्रशान्त एकेडेमीको ‘अभिभावक भ्रमण कार्यक्रम-२०७७’ सम्पन्न

काठमाडौं,३० माघ ।बुढानिलकण्ठ नगरपालिकाप कपनस्थित मुस्कान चोकमा रहेको प्रशान्ति एकेडेमी द्वारा लामो समयको कोरोना महामारीपछि विद्यार्थी र अभिभावकलाई लक्षित गरि आयोजित “अभिभावक भ्रमण कार्यक्रम २०७७”समापन भएको छ ।

सोमबारदेखि सुरु भएको अभिभावक भ्रमण कार्यक्रम २०७७ एक हप्तासम्म चलाउने लक्ष्य राखे पनि भोलि सरकारले ल्होछार पर्बका अवसरमा सार्वजनिक बिदा दिएका कारण बिहीबार नै समापन गरिएको हो।
विद्यालयले माघ २६ गते सोमबार कक्षा ६ का विद्यार्थीले नेपालका परम्परा र सांस्कृतिक सम्पदाहरुको प्रदर्शन गरेका थिए । त्यस्तै माघ २७ गते मंगलबार कक्षा ७ का विद्यार्थी भाइ बहिनीहरुले खेलकुद तथा संगीतका सामग्रीहरुको प्रदर्शनी गरेका थिए।त्यसैगरि माघ २८ गते बुधबार विज्ञान तथा प्रविधिको प्रदर्शनी गरेका थिए भने माघ २९ गते बिहीबार धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी गरेर भ्रमण सप्ताह भव्य र सभ्यरुपमा समाप्त गरेको जानकारी विद्यालयका प्रधानाध्यापक समीर बास्तोलाले जानकारी दिनु भएको छ।
विद्यालयका अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, उप प्रधानाध्यापकहरु, शिक्षकहरु, साथै वरिपरि समुदायका शिक्षाप्रेमीहरु र शुभचिन्तकहरुले सो प्रदर्शनीको अबलोकन गरेको वहाँले जानकारी दिनुभयो । भ्रमणका क्रममा उपस्थिति सबै अतिथिहरुले विद्यालयको साथै विद्यार्थी भाइ बहिनीहरुको हौसला बढाउनु भएको थियो । अतिथिहरुले विद्यार्थीहरुले राख्नु भएको प्रदर्शनीलाई अवलोकन गर्दै सबै विद्यार्थीहरुको कामको प्रशंसा गर्नुका साथै आगामी दिनको उज्ज्वल भविष्यको कामना गर्नु थियो भने आगामी दिनमा अझ राम्रो र ठूलो कार्य गर्नलाई शुभकामना पनि दिनु भएको थियो ।
विद्यालयको प्रदर्शनी अवलोकनमा आउने अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरुलाई विद्यालयको तर्फबाट चिठ्ठा टिपेर उपहार दिने, किताब कापीका गाता (कभर), साना नानी बाबुहरुलाई मन पर्ने स्टिकरहरु, जन्मदिनको शुभकामना दिइएका शुभकामना कार्ड, टाटु मन पराउने विद्यार्थीहरुलाई टाटु बनाइ दिने लगायत कार्यक्रम रहेका थिए।
अब आउने फाल्गुन ४ गते सरस्वती पूजामा खुल्ला गर्ने गरि विभिन्न उपहार पर्ने लक्की कुपन पनि सबै अभिभावकहरुलाई वितरण गरिएको थियो । उपहार १० जनासम्मले पाउने पाउनु कुरा समेत अायोजकले जानकारी गराएको छ।।आशा गरे भन्दा उत्कृष्ट कार्य गरेकोमा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थी भाइ बहिनीहरुलाई प्रिन्सिपल ले समेत हृदयदेखि नै धन्यवाद दिंदै यो सप्ताह संस्करण लाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने घोषणा गरेका छन्।



