नक्कली नोट बनाउने उपकरणसहित दुई जना पक्राउ

काठमाडौं, २५ माघ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नम्बर ६ बस्ने ४५ बर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका १४, बौद्ध बस्ने ३३ बर्षीय विष्णु भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

उनीहरूलाई बेलौरी नगरपालिका १०, भुराबाट गस्तीमा गएको प्रहरीले टोलीले शनिबार नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।
उनीहरुबाट नक्कनी नोट बनाउने काँचको पाटा, हजारको नोट थान १, पाँच सयको नोट थान २, विभिन्न साइजका कागज थान तीन सय ८० र केमिकल जस्तो रंगसहित दुईवटा स्टीलको थाल बरामद गरेको उनले बताए।

