बन्दबिरुद्ध पूर्बराजाको आक्रोश : सत्ताको खेल जनताको मन जितेर खेल्न आग्रह

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्ने बताउनुभएको छ।

नेकपा –प्रचण्ड–माधव नेपाल समूहले गरेको आमहड्ताल गरेकै सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै पूर्ब राजा शाहले सो कुरा बताउनु भएको हो। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य नहुने बताउंदै वहाले बन्द, हड्ताल वा जनविरोधी कामले जनताको मन जित्न नसकिने उल्लेख गर्नुभएको छ।
‘जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ,’ पूर्व राजा ज्ञानेन्द्रले लेख्नुभएको छ,- ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न।’

