सोलुखुम्बु : विद्यार्थीलाई ४५% भाडा छुटको ब्यबस्था मिलाउन अनेरास्ववियुको माग



सोलुखुम्बु ,१५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ओली समूहको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरुलाइ तत्काल गाडी भाडामा ४५% छुटको ब्यबस्था मिलाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीलाई बिहिवार ज्ञापनपत्र बुझाउंदै सो माग गरेको अनेरास्ववियु का नेता सरोज भट्टराईले जानकारी दिए। सो संगठनका सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र राइको नेतृत्व गएको एक प्रतिनिधि मण्डलले मुलुकका अन्य ७६ जिल्लामा विद्यार्थीहरुले यो सुबिधा उपभोग गरिरहंदा सोलुखुम्बुमा यसको कार्यान्वयन नहुनु आश्चर्यजनक भएको भन्दै प्रजिअ शाहीको ध्यानाकर्षण गराएका थिए।

विभिन्न आन्दोलनको जगमा सरकार र विद्यार्थी संगठनबीच भएको सहमतिबाट सार्बजनिक भाडाका सवारी साधनहरुमा बिद्यार्थीहरुले पाउने छुटलाई कडाइका साथ लागु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्