प्रधानमन्त्री ओलीको आरोप : ‘जनयुद्धमा जुल्फी कोरेर दिल्ली बसे प्रचण्ड’



प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चुनावमा आफूले भोट मागिदिएर पुष्पकमल दाहाल प्रचण्डलाई जिताएको बताएका छन्। आफू पक्षीय मजदुर संगठनको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यसो भनेका हुन्।

प्रचण्डलाई चटकेको संज्ञा दिँदै ओलीले श्रमिक मजदुरलाई पनि आफ्नो स्वार्थका लागि विभाजित गरेको आरोप पनि लगाएका छन्। ओलीले जनयुद्धका समयमा गरिबका छोराछोरी मात्रै जंगलमा बसेको जिकिर गरे।

‘उहाँ (प्रचण्ड) जी हिजो कहाँ बस्नु भएको हो र? जंगलमा त न हिजो बस्नु भएको थियो न आज नै बसेको हो’, ओलीले अगाडि भने, ‘उहाँ त दिल्ली, नोयडा र लखनउमा लुकेर बसेको हो नि! कार्यकर्ता र लडाकु मात्रै जंगलमा बस्नु भएको हो।’

ओलीले कार्यकर्तालाई जंगलमा राखेर प्रचण्ड दिल्लीमा बसेको पटक पटक दोहोर्‍याए। ‘लडाकु र कार्यकर्तालाई जंगलमा राखेर उहाँ (प्रचण्ड) त जेलवाला तेलले जुल्फी कोरेर दिल्लीमा बस्नु भएको थियो’, ओलीले भने

प्रतिक्रिया दिनुहोस्