माघ २३ गतेको जनसभामा लाखौं जनता उतार्ने ओली समूहको तयारी



काठमाडौँ,१२ माघ ।प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ले माघ २३ गते गर्ने जनसभाको तयारीका लागि १ हजार १ सय ११ सदस्यीय समिति गठन गरेको छ ।

जनसभाका लागि बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलको अध्यक्षतामा २५ सदस्यीय सचिवालय र कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाइको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

प्रदेश कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले जनसभामा लाखौंको उपस्थिति हुने दाबी गरे । त्यसको लागि वाग्मति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत गरी १७ जिल्ला कमिटीलाई निर्देशन दिइएको उनले बताए ।

नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते शक्ति पदर्शन गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा शक्ति प्रदर्शन के हो भन्ने आफूहरुले माघ २३ गते देखाइदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्